Logo

श्रीमानको हत्या गरेर खाल्डोमा गाड्ने श्रीमती



नवलपरासी, ३१ भाद्र । एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । उनले छिमेकसँग मिलेर श्रीमानको हत्या गरेकी हुन् । फुलमाया  सुगुरपाकले श्रीमान धन बहादुर सुगुरपाकको छिमेकी मेख बहादुर सुनारी मगरसँग मिलेर हत्या गरेकी हुन् । गैंडाकोट नगरपालिका हुर्चिलका धन बहादुर सुगुरपाक मगरको हत्या गरेको अभियोगमा २ जना सोमबार पक्राउ परेका छन् ।

३८ वर्षीया फुलमाया सुगुरपाक र सोही ठाउँ बस्ने मेख बहादुर सुनारी मगरले किन हत्या गरे भन्नेबारे अनुसन्धान भइरहेको छ । २०७६ असार २० गते राति उनीहरु दुवै जना मिलेर धन बहादुरलाई हत्या गरी शव बेपत्ता बनाएको खबर सोमबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको बताएको छ ।

आफ्नै घरमा सुतीरहेका धन बहादुरलाई उनीहरुले हम्मरले संवेदनशील अंगमा प्रहार गरी घाँटीमा डोरीले बाधी हत्या गरेपश्चात मेख बहादुरले शवलाई डोकोमा राखी सुन्दरी सामुदायिक वनमा लगी खाल्टो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै उनीहरुको बयानको आधारमा शव पुरेको भनिएको ठाउँमा उत्खनन् गर्दा सडीगलिसकेको अबस्थामा मानब कंकाल फेला परेको छ ।



प्रतिक्रिया दिनुहोस्