Logo

खैरो हेरोईनसहित पक्राउ



काठमाडौं, ३१ भाद्र । अवैध लागूऔषध खैरो हेरोईन सहित २ जना पक्राउ परेका छन् । कन्चनपुरको बेदकोट नगरपालिका लालपुरबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही ठाउँका प्रेम सिंह साउद र कमल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यसैगरी मेचीनगर नगरपालिका स्थित चन्द्रगढी रोडबाट करिब १२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिकाका श्रीमत सोरेन र बिर्तामोडका शम्भुलाल बसाक रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काकँडभिट्टा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले मे.१ प ९९७२ नम्बरको मोटरसाइकलमा सवार सोरेनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । साथै सोरेनसँगै आएका मे.९ प ४९६१ नम्बरको स्कुटरमा सवार बसाकलाई समेत थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्