Logo

शुक्र ग्रहमा पाइएको रसायनमा जीवन हुन नसक्ने रुसी वैज्ञानिकको तर्क



एजेन्सी, ३१ भदौँ । शुक्र ग्रहमा पाइएको फोसफाइन रसायनले त्यहाँ जीव हुन सक्ने अनुमान निराधार रहेको रुसी स्पेस एजेन्सी रोजकसमसका कार्यकारी अध्यक्ष एलेक्जेन्डर ब्लोसेन्कोले जनाएका छन् । शुक्र ग्रहमा पाइएको रसायन त्याँहाको वातावरणलाई मद्दत गरेपनि जीवनको कुनै आधार नदेखिएको रोजकसमसले जनाएको छ ।

फोसफाइन एक विषालु रसायन हो जुन रङ विहीन र ब्याकटेरिया उत्पादन गर्न मद्दत पुर्याउने गर्दछ । त्यसकारण उक्त रसायनले जीवन बनाउन कुनै आधार नदेखिएको जनाइएको छ ।

यसैगरी रुसले आगामी दिनमा अमेरिकासंगको समन्वयमा शुक्र ग्रहमा जाने तयारी गरेको छ । रुस र अमेरिकाको संयुक्त साझेदारी ‘भेनेरा डी’ प्रोजेक्टले निरन्तरता पाउने रोजकसमसले जनाएको छ । शुक्र ग्रह रुसको ग्रहको रुपमा रहेको कारण उक्त मिशनमा रुस पछाडी नपर्ने जनाइएको छ । भेनेरा डी सन् २०२० को अन्तिमसम्ममा तयारी सुरु गर्ने र उक्त मिशन रुस सरकारको स्पेस प्रोग्राम अन्तरगत जाने भनिएको छ । उक्त मिशन शुक्र ग्रहको अवलोकन र निरिक्षण गर्ने छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्