Logo

काठमाडौंमा एकैदिन ७३७ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं,  ३१ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन ७  सय ३७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५  सय  ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ७  सय ३७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १०  हजार  ४ सय   ९४ जनाको पिसीआर परिक्षणमा १५  सय  ३९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  १ हजार ६८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  ४१ हजार  ७ सय   रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ६५२ जना र ललितपुरका ६० जना र भक्तपुरका  २५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ५८ हजार   ३ सय  २७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्