Logo

आलिया भट्टले यो फोटो शेयर गर्दा…



एजेन्सी, ३१ भाद्र । सुशान्त सिंह राजपुतको निधन पश्चात नेपोटिज्मको बहस लगातार भइरह्यो । उक्त बहसमा सबैभन्दा धेरै त बलिउड अभिनेत्री आलिया भट्ट शिकार भईन् । यही कारणले उनको फिल्म ‘सडक २’मा भारी नोक्सान भयो र फिल्मको ट्रेलरले सबैभन्दा धेरै डिस लाइकको रेकर्ड बनायो । अझैपनि धेरै मानिसहरु उनीसँग रिसाएका छन् । उनले फोटो सेयर गर्दा बित्तिकै बिरोध सुरु हुन्छ ।

आलियाले हालै मात्र एउटा आकर्षक फोटो सेयर गरेकी छिन्, जसमा नेगेटिभ कमेन्ट धेरै छन् । उनले सुन्दर फोटो सेयर गर्दै घुमाउरो पाराले उनको विरुद्ध बोल्नेलाई जवाफ लेखेकी थिइन्, ‘म अघि बढिरहन्छु, मेरो अगाडी बढ्ने पाइला रोकिने छैन । ’ तर उनका फोटोलाई १३ लाख मानिसले त लाइक पनि गरेका छन् ।

करीब १४ हजार मानिसहरुले प्रतिक्रिया दिएका छन्. । प्रतिक्रिया दिने एक युजरले लेखेका छन्, इन्स्टाग्राममा पनि डिसलाइक गर्ने अप्सन हुनुपर्छ, ताकि आलियाको पोस्टलाई डिस लाइक गर्न सकौ । अर्का युजरले इन्टाग्राममा डिस लाइक बटम हुनुपर्ने प्रतिक्रिया दिएका छन् । त्यस्तै अर्का एक युजरले इन्स्टाग्राममा एक चप्पल बटम पनि हुनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्