Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका ८ जना को को (विवरणसहित)



काठमाडौं, ३१ भाद्र । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घन्टाभित्र ८ जनाको मृत्यु पुष्टि भएको छ । आज थपिएका आठ जनासँगै कुल संक्रमित संख्या ३ सय ७९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टाभित्र ४-४ महिला र पुरुषको निधन भएको छ । आज मृत्यु हुनेहरुमा चारजना वृद्धवृद्धा छन् । काठमाडौंमा आज दुई वृद्धाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट कुल मृतकमध्ये २ सय ७१ पुरुष र एक सय ८ महिला छन् । संक्रमित हुनेहरुमध्ये मृत्युको प्रतिशत ०.६५ रहेको छ ।

मृतकको विवरण
१. सुनसरीका ७० वर्षीय पुरुष
२. सप्तरीका ३५ वर्षीय पुरुष
३. बाराकी ४६ वर्षीया महिला
४. काभ्रेपलाञ्चोककी ५५ वर्षीया महिला
५. काभ्रेपलाञ्चोकका ४१ वर्षीय पुरुष
६. काठमाडौंकी ७१ वर्षीया महिला
७. काठमाडौंकी ७४ वर्षीया महिला
८. कास्कीका ७० वर्षीय पुरुष

 



प्रतिक्रिया दिनुहोस्