Logo

कलियुगमा भगवान कल्कीले तीन दिनमा अधर्मीको नाश गर्ने



वर्तमान समय चारैतिर प्राकृतिक विपत्तिको अवस्था छ । प्राकृतिक विपदको कारण लाखौ मानिसहरुले ज्यान गुमाएका छन् । मानिसहरुले पुरानो मान्यता बिर्सीएर जघन्य अपराधतीर लागेका छन् । विश्वासको नाम निशाना हराउदै गएको छ । यो हुनु स्वभाविक हो, किनकी यो कलियुग हो ।

कलियुगलाई सबै भन्दा अत्याचारीयुग भनिएको छ । यस युगमा मानिस भित्र आध्यात्मिकता कम हुन्छ र नैतिकताको अभाव हुन्छ ।

यस युगमा मानिसमा लोभ लालच, दुराचार तृष्णा, क्रोध, वासना र स्वार्थ जस्ता आदत हावी हुन्छन् । सत्ययुगको तुलनामा कलियुगमा राम्रा मानिस १ चौथाइ हुन्छन् ।

पुराणमा भनिएको छ, कलियुगमा मानिसको आयु निकै कम हुनेछ । अझै निकट भविष्यमा त मानिस युवा अवस्थामा नै मर्नेछन् । जबकि पहिलेका मानिसहरुको औसत आयु १०० वर्ष थियो ।

कलियुगको ५ हजार वर्षपछि गंगा नदी सुक्नेछ । देवी गंगा पुःन बैकुंठ धाम फर्कनेछिन् । कलियुगमा १० हजार वर्षमा सबै देवी देवता पृथ्वी छोडेर आफ्नो आफ्नो धाम फर्कनेछन् ।

जमिनबाट अन्न उब्जन बन्द हुनेछ । रुखमा फल लाग्ने छैन । हरेक ठाउँमा अनैतिकताको बोलवाला चल्नेछ । तब अन्तमा कल्कि अवतारको जन्म हुन्छ । हरेक युगमा पापीलाई विनाश गर्न भगवानले जन्म लिन्छन् ।

धार्मिक ग्रन्थमा बताएअनुसार भगवान कल्कीले केवल ३ दिनको बीचमा धरतीमा समस्त अधर्मीको विनाश गर्नेछन् । कलियुगको अन्तिम समयमा धेरै ठुलो धाराबाट लगातार वर्षा हुनेछ । चारैतिर पानी पानी हुनेछ । सारा पृथ्वी डुब्नेछ । यसपछि १२ वटा सुर्य एकैसाथ उदाउनेछ जसको तातोले पृथ्वीमा भएको पानी सुक्नेछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्