Logo

श्राद्धमा कागलाई पहिला खाना दिनुको कारण



हिन्दु धर्मअनुसार ऋण तीन प्रकारका हुन्छन् । पहिलो देव ऋण, दोस्रो ऋषि ऋण र तेस्रो पितृ ऋण । पितृ ऋण तीन ऋण मध्ये सर्वाधिक महत्वपूर्ण हो । शास्त्र अनुसार पितृ ऋणबाट मुक्त हुन श्राद्ध गर्ने गरिन्छ ।

हिन्दु धर्ममा श्राद्धको अहम भुमिका हुन्छ । पितृ श्राद्ध नगरेमा पितृलाई शान्ती मिल्दैन । श्राद्ध विधिपुर्वक गर्नुपर्छ । श्राद्ध नगरेमा पितृको आत्मा लोकमा भट्किरहन्छ । दिवंगत श्राद्ध सधै जेष्ठ छोरा वा कनिष्ठ छोराबाट गराउनु पर्छ । परिवारमा छोरा नभएमा नाती, भतीजा, भान्जा वा शिष्यले तिलांजली र पिण्ड दिनु पर्छ ।

तिदाजंलीले केवल पितृलाई मुक्ति दिने मात्र नभएर जीवित परिवारको लागि पनि प्रभाव पार्न सक्छ । यदि पितृहरु खुशी नभएमा वा असन्तुष्टि भएमा त्यसको प्रभाव सिधै मानिसको जिन्दगीमा पर्छ । पितृ दोष कहिलेकाही हद भन्दा धेरै घातक सिद्ध हुन्छन् ।

ज्योतिष शास्त्रमा कागलाई पितृका रुप मानिएको छ । धार्मिक मान्यताअनुसार श्राद्धको दिन पितृ पुरुषले कागको रुप लिएर आउने भएकोले श्राद्धको दिनमा पहिलो खाना कागलाई दिइने गरिन्छ् । श्राद्धमा बनाएको खाना सबैभन्दा पहिला कागको लागि छतमा राख्नुपर्छ । ध्यानपुर्वक राम्रोसँग छतमा राख्नुपर्छ । कागले खाएको वा नखाएको राम्रोसँग हेर्नुपर्छ । यदि हामीमा पुर्वजको कृपा नभएमा जिन्दगीमा शान्तिले अगाडी बढ्न मुस्किल हुन्छ । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्