Logo

मन्त्री भट्ट आफै ग्राहक बनेपछि……



काठमाडौँ, ३१ भदौ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्केका छन् । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्केका हुन् ।

अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेको उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गरे, अनि उनी आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जाए ”, उनले भने, “ ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किने । मन्त्रीलाई कसैले चिनेनन् ।” बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले बताए ।

उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको छ । अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम