Logo

उपत्यकामा जोर–विजोर हटेन, पसल सातै दिन खोल्न पाइने (विज्ञप्तिसहित)



भदौ ३१, काठमाण्डौ । काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली नहट्ने भएको छ । उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयहरुको बैठकले अनिश्चितकालसम्मका लागि यातायातमा जोरबिजोर प्रणाली कायम गर्ने निर्णय गरेका हुन् ।

सोही अनुसार कार्यालयहरुले आदेश जारी समेत गरेका छन् । अत्यावश्यक सेवाका सवारी साधनमा भने यो व्यवस्था लागु हुने छैन । प्रशासनको आदेश अनुसार उपत्यकामा अनिश्चितकालसम्मको लागि सभा, समारोह, भोजभतेर, पार्टी लगायत कार्यक्रम आयोजना गर्न, मठमन्दिर लगायत धार्मिक क्षेत्र खुला गर्न, शिक्षण संस्था सञ्चालन गर्न र भीडभाड हुने मनोरञ्जनका क्रियाकलाप सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।

उपत्यका प्रशासनले बार अनुसार पसल खोल्ने व्यवस्था हटाएको छ । बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि यो व्यवस्था हटाइएको हो ।

हेर्नुहोस् विज्ञप्ति :



प्रतिक्रिया दिनुहोस्