Logo

उपत्यकाका होटल तथा रेष्टुरेन्ट भोलिदेखि खोल्न छुट, यी क्षेत्रमा अझै निषेधाज्ञा



काठमाडौं, ३१ भाद्र । होटल तथा रेष्टुरेन्ट भोलि देखि नियमित रुपमा सञ्चालनमा आउने भएका छन् । उपत्यकामा कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी होटल तथा रेष्टुरेन्टमा लगाएको निषेधाज्ञा आदेश भोलिबाट खारेज गरिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर गरी तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो । योसँगै लामो समययता बन्द होटल तथा रेष्टुरेन्टहरु खुल्ला हुनेछन् ।

कोरोना भाइरसको रोकथामको उपाय अपनाएर होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न दिइनेछ । यो सँगै मारमा परेका होटल व्यवसाय विस्तारै तंग्रिने आशा समेत बढेको छ । उपत्यकामा कतिपय होटल तथा रेष्टुरेन्टहरु बन्द भइसकेका छन् । भाडा तिर्न नसकेर व्यवसायी बन्द गरेर हिंड्न थालेका छन् । हजारौंले रोजगार गुमाएका छन् ।

काठमाडौं उपत्यकामा सवारीमा जोर बिजोर प्रणाली कायमै गरिएको छ । खुल्ला स्थानमा भोजभत्तेर गर्न, धार्मिक स्थानमा गतिविधि गर्न, शैक्षिक संस्था र मनोरञ्जन स्थलहरु खोल्न भने निषेध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot