Logo

गोरखामा लामो सयमदेखि जारी निषेधाज्ञा हटाईने



गोरखा, १ असोज । गोरखामा लामो समयदेखि जारी निषेधाज्ञा अब हट्ने भएको छ । बुधबार बसेको कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित कमाण्ड पोष्ट र संकट व्यवस्थापन केन्द्र सिसिएमसीको बैठकले बिहीबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । ‘सीमा नाकामा कडाई कायम राख्दै जिल्लाभित्र भने व्यापार व्यवसाय खोल्ने निर्णय भएको छ,’ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हर्क रोकाले भन्नुभयो, ‘तर स्वास्थ्य र सुरक्षाका मापदण्ड भने अपनाउन सबैलाई आग्रह गर्दछौं ।’

बिहीबारदेखि व्युटिपार्लर, सैलुन, जिमखाना, फिल्महल र कबर्डहल हुने गतिविधि बाहेकका पसल एवं व्यापार व्यवसाय सञ्चालन आउने प्रशासनले बताएको छ । जिल्लाभित्र आन्तरिक रुपमा यातायात सेवा सञ्चालन गर्ने अनुमतिसमेत प्रदान गरिएको छ । यदी सरकारले निर्णय अनुसार लामो दुरीका यातायात सञ्चालन भएमा स्वास्थ्य र सुरक्षाका मापदण्डलाई कडाईका साथ पालन गरी प्रत्येक पालिकाले यात्रुहरुको लगत राख्नु पर्ने नियम बनाइएको छ ।

भदौ १ गते जिल्लाका विभिन्न ठाउँमा नियमित रुपमा निषेधाज्ञा जारी भएपछि सरकारी तथा गैरसकारी कार्यालयहरुको सेवा समेत प्रभावित भएको थियो । अब भने भिडभाड नगरी आवश्यक सर्तकता अपनाएर समय तालिका समेत बनाई कार्यालय सञ्चालनको अनुमति दिइएको छ । उद्योग कलकारखाना, विकास निर्माणका काम सञ्चालनमा कुनै पनि अबरोध नभएपनि स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड भने पालना गर्न प्रशासनले आग्रह गरेको रोकले जानकारी दिनुभयो यो खबर आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्