Logo

भारतले माग्यो डीपीआर बनाउन अनुमति, कोरोनाका कारण चीनले अघि बढाएन अध्ययन



काठमाडौं, असोज १ । नेपालसँग अन्तरदेशीय रेलमार्ग निर्माणमा चासो देखाएका दुई छिमेकीमध्ये भारतले काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाउन नेपाल सरकारसँग अनुमति मागेको छ । चीनले भने नेपालभित्र पर्ने सम्भावित रूटमा कोरोना संक्रमण कम भएपछि अध्ययन गर्ने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अहिले भारतलाई डीपीआर बनाउन अनुमति दिने तयारी भइरहेको छ भने चीनसँग रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अघि बढाउन तत्काल कुनै छलफल भएको छैन ।

कोरोना संक्रमणको जोखिम कायमै रहँदा चीनले नेपालभित्र पर्ने रूटको स्थलगत अध्ययन अघि बढाउन सकेको छैन । यद्यपि उसले गत साउन दोस्रो साताबाट आफ्नो देशभित्र पर्ने सिगात्सेदेखि केरुङसम्मको रूट सर्वेक्षणको काम भने शुरू गरेको छ ।

भदौ दोस्रो साता अर्थ मन्त्रालय र चीनको चाइना इन्टरनेशनल डेभलपमेन्ट कर्पोरेशन एजेन्सी ९सीआईडीसीए० बीच भएको भर्चुअल छलफलमा नेपाल–चीन जोड्ने क्रशबोर्डर रेलवे, टोखा–छहरे र बेत्रावती–स्याफ्रुबेंशी सुरुङमार्गलगायत पाइपलाइन योजनामा कोरोना संक्रमण कम भएपछि काम अघि बढाउन सहमति जुटेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देल भारतले केही साताअघि काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर अध्ययनका लागि अनुरोध गरेअनुसार अनुमति दिने तयारी भइरहेको बताउँछन् ।

‘त्यसका लागि अहिले गृह, परराष्ट्र मन्त्रालयसँग अनुमति दिन आग्रह गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्