Logo

मृत्युपछि कोरोना परीक्षण नगर्न निर्देशन



काठमाडौं, १ असोज । उपचारका क्रममा मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्न सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । शंकास्पद व्यक्तिको उपचारका क्रममा मृत्यु भएमा त्यस्ता व्यक्तिको सावधानीपूर्वक दाहसंस्कार गर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यससम्बन्धी निर्देशिका परिमार्जनका क्रममा रहेकाले अब मृतक व्यक्तिको कोरोना परीक्षण नगरिने जानकारी दिनुभयो ।

यसअघि अस्पतालमा उपचारमा रहेका व्यक्तिको स्वाब संकलन गरेर पीसीआर परीक्षण हुँदै आएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्