Logo

कुलमानले भने : ‘एउटा कर्मचारीको लागि सडकमा आन्दोलन गर्ने विषय त्यति राम्रो होईन’ (भिडिओसहित)



काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखबाट हालै विदाई भएका कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकालमा लोडसेडिङ अन्त्य भएको, घाटामा रहेको प्राधिकरण नाफामा गएको लगायतका कामहरु भएको स्पष्ट पारेका छन् । उनले आफ्नो पक्षमा जनता उभिनु खुशीको कुरा भएको प्रतिक्रिया दिए । तर, आफू प्राधिकरणमा रहेपनि नरहेपनि आफ्नो सहयोग रहने विश्वास दिलाए । सरकारले आफ्नो आवश्यकत्ता देखेर फेरि प्राधिकरणमा ल्याए आफू काम गर्न तयार रहेको तर म नै हुनुपर्छ भन्ने आफ्नो मान्यता नभएको जिकिर गरे ।

उनले भने,”जुन हिसाबले जनमानसले मलाई सहयोग गर्नुभएको छ, त्यसको लागि धन्यवाद । तर, सडकमा आन्दोलन गर्ने यस्ता विषयहरु चाहीँ सुहाउँदैन् । एउटा कर्मचारीको लागि सडकमा आन्दोलन गर्ने विषय त्यति राम्रो होईन् । यसलाई म तत्कालै यस्ता विषयहरु अगाडि नआओस नै भन्न चाहन्छु ।” हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गदै घिसिङले यस्तो बताएका हुन् । प्रस्तुत छ घिसिङसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्