Logo

कुलमानलाई प्राधिकरणमा पुननियुक्ति गर्न सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पुग्दा प्रधानमन्त्री ओलीले अस्वीकार गरेको खुलासा



काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुर्न नियुक्त गर्न मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले औपचारिक प्रस्ताव लगेको खुलासा भएको छ । उनले प्रस्ताव लगेपनि उक्त प्रस्तावलाई अगाडि नबढाइएको खुलेको हो ।

ऊर्जामन्त्री वर्षमान पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईंले सामाजिक सञ्जालमा बिहिबार घिसिङको पुनः नियुक्तिको प्रस्तावबारे खुलासा गरेका हुन् । उनले कुलमानलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्री पुनले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको र उक्त प्रस्ताव विचाराधीन रेको समेत उल्लेख गरेका छन् ।

यसअघि सोमबार नै रिपोर्टसै नेपालले ”कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न प्रधानमन्त्री ओलीद्वारा अस्वीकार’‘ शिर्षकमा यसको खुलासा गरेको थियो ।

मन्त्रिपरिषदले उक्त प्रस्तावमाथि छिट्टै निर्णय गर्ने आशा समेत व्यक्त गरिएको छ । आज मन्त्रिपरिषद् बैठक १२ बजेका लागि डाकिएको सन्दर्भमा मन्त्री पुनका सचिवालय प्रमुख चापागाईंको धारणा सार्वजनिक भएको हो । यसलाई निकै अर्थपूर्ण मानिएको छ ।

यसअघि सोमबारको मन्त्रिपरिषद् बैठकमा कुलमान घिसिङको पुनः नियुक्तिको प्रस्ताव पुग्दा प्रधानमन्त्री ओलीले कानुनी प्रश्न उठाएर बेवास्ता गरेका थिए । प्रधानमन्त्री ओलीको टिम कुलमानलाई पुनः नियुक्ति दिने पक्षमा छैन । यसको संकेत प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले गरिसकेका छन् ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्