Logo

सर्पलाई मास्कको रुपमा प्रयोग गरेपछि…



एजेन्सी, १ असोज । बेलायतको सार्वजनिक बसमा एक व्यक्तिले आफ्नो मुखमा मास्को साटो सर्पलाई प्रयोग गरेको छ । सोमबार स्विनटन देखि म्याचेस्टरसम्म जाने बसमा उनले सर्पलाई आफ्नो घाँटी र मुखमा बेरेका हुन् । बसमा सबार एक महिलाले उक्त सर्पलाई हस्याँस्पद मास्कको रुपमा लिएकी थिएन् । तर, पछि सर्प चलेको देखेर उनी ढंग परेही थिइन् ।

उक्त बसमा सबार रहेका सम्पूर्ण यात्रुलाई सर्पले भने केही गरेन् । कोरोना भाइरसको उच्च जोखिम रहेको अवस्थामा मुलुकहरुले आफ्नो लकडाउनलाई खुकुलो बनाउँदै सम्पूर्ण कार्यविधिहरु सञ्चालनमा ल्याएको छ । यातायात व्यवस्थालाई समेत सञ्चालनमा ल्याउँदा सार्वजनिक यातायातमा सम्पूर्ण यात्रुहरुलाई मास्क अनिवार्य गरिएको छ । तर, सर्पलाई मास्कको ठाउँमा प्रयोग भने गर्न नपाइने जनाइएको छ । यात्रुले मास्को रुपमा सर्पलाई प्रयोगमा ल्याउँदा त्याहाँका बासिन्दा आश्चर्यचकित भएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्