Logo

सरकारले निजी क्षेत्रको आवाज सुनेको छ, हामी धन्यवाद दिन्छौं : विजय स्वाँर



नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष विजय स्वाँरले आफूहरुले सरकारले दिएको निर्देशन र उसले बनाएका मापदण्डलाई पालना गर्दै देशभरि यातायात सञ्चालन गर्ने स्पष्ट पारेका छन् । सरकारले यातायातलाई सुचारु गरेर आर्थिक चलायमान गराउने कदम चालेको र निजी क्षेत्रको आवाज सुनेकोमा उनले सरकारलाई धन्यवाद समेत दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ उपाध्यक्ष स्वारसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

तपाईहरू आजबाट देशभरि यातायात सूचारु गर्दै हुनुहुन्छ । बताउनुहोस्, कसरी गर्दै हुनुहुन्छ ? मापदण्ड के-के छन ?

मापदण्ड त हिजो मन्त्रालयमा बैठक बसिएको थियो । दुईवटै चीजहरूमा हामीेले सन्तुलन राख्नुपर्दछ । यातायातलाई सूचारु गरेर आर्थिक चलायमान गराउने कुरा आएको छ । सरकारले निजी क्षेत्रको आवाज सुनेको छ । त्यसमा म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु ।

अब देशभरि तपाईहरूले यातायात सुचारु गर्दै हुनुहुन्छ । तपाईहरूको तयारी के के छन् ? कसरी जाँदै हुनुहुन्छ ? कति ओटा बस चल्दैछन् ?

आज विश्वकर्मा बाबाको पूजा । उहाँलाई पहिला प्रणाम गर्न चाहन्छु, ॐ भन्न चाहन्छु । हामी आज सवारी साधनहरूको सरसफाइदेखिका कामहरू गर्छौँ । हामीले सम्भव भएसम्मका गाडीहरू, जनताको माग अनुसार कार्यलाई अगाडि बढाउँछौँ ।
त्यसोभए आजबाट तपाईहरूले गाडी सञ्चालन गरिरहँदाखेरि पचहत्तर, सत्तहत्तर नै जिल्लातिर जान्छ ? पुग्छ आज, गाडी ?
पुग्छ भन्दा पनि आवश्यकता अनुसार म्यानेज गर्दै जाने हो । अब हामीले चलाउने भन्दैमा खालि गाडि चलाउने होइन । हो, एक ठाउँबाट अर्को ठाउँमा जानको लागि सरकारले बाटो खोलिदिएको छ । यसलाई उपयोग गर्दै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संक्रमण नहुने तरिकाबाट दुईतिहाई भाडा समायोजन गरेर अगाडि सञ्चालनमा ल्याउने भनिएको छ ।

अब स्वास्थ्य मन्त्रालयले बनाएको प्रोटोकल तपाईहरूले कार्यान्वयन गर्नुहुन्छ, आजबाट ?

स्वास्थ्य मन्त्रालय तथा यातायात व्यवस्था विभाग र हामी मजदुर ट्रेड युनियनले पनि सुझाव दिएका छौँ । भदौ १ गतेदेखि भन्दा अगाडिदेखि हामीले सुझाव दिएका छौँ । यो १ महिना अगाडिदेखिको कुरा हो । मन्त्रिपरिषदले यो प्रोटोकललाई पारित गरेर लागू गर्ने भन्ने कुरा छ ।

प्रोटोकलको कुरा गर्दाखेरि बसमा सावधानी कसरी अपनाउने ? मान्छेहरू त समस्या, जोखिममा पर्न सक्छन् नि ? यात्रुहरूलाई त समस्या आउन सक्छ, संक्रमण हुन सक्छ ?

त्यसमा हामी सचेत छौँ । हामी आम नेपाली दाजुभाइहरू सचेत भईसकेका छौँ । किनभने हामीले यो रोगसँग सँगसँगै हिँड्न सकेनौँ, जाँदैँनौ भने यसले दुर्घटना निम्त्याउँछ । हामी सचेत भईसकेका छौँ । सुरक्षित हाम्रा गाडीहरू छन् । हाम्रा सवारी साधनका झ्यालहरू सबै खुल्ला रहन्छन् । हावा त्यहाँ पास हुने अवस्था रहन्छ । त्यसमाथि ए.सी. चल्छ । सामाजिक दूरी कायम गरेर हामी चलाउँछौँ । चढ्ने र ओर्लने बेलामा स्यानिटाइजरको व्यवस्था गर्छौँ । बसमा अनिवार्य मास्कको हामी प्रयोग गर्छौँ । त्यसका साथसाथै हाम्रा चालक, परिचालकहरूलाई नेपाल यातायात व्यवसायी महासंघले एउटा प्रशिक्षण गराएर कार्यनीति अनुसार कार्यविधि दिन्छौँ ।

लामो दूरीका सवारी साधनको कुरा गर्दाखेरि आधा मात्र चल्ने हो आजबाट ?

सरकारले आधा नै भनेर तोकेको छैन । तर हामीले के भनिरहेका छौँ भने आवश्यकता अनुसार चलाउनुहोला । त्यसै चलाउने भन्ने पनि कुरा होइन । विशेष परिस्थिति छ । यो कोभिडको एउटा महामारी भएको अवस्था छ । यसलाई मध्यनजर राखेर आवश्यकताको आधारमा हिँड्नुपर्छ । उपभोक्ता समितिदेखि लिएर विभिन्न तहसम्म सरकारले निर्णय गरिदिनुुस् ।

होइन तपाईहरूले कुल संख्याको आधा मात्र यात्रु बोक्न पाउनुहुनेछ ? यतिखेर भाडा तपाईहरूले धेरै बढाउनुभयो नि ?

होइन, भाडा हामीले बढाएका होइनौँ । सरकारले तोकिसकेको छ । दुईतिहाई भाडा बढाएको हो । यो धेरै बढाएको होइन । नाफामा नै जाने हो भने यो पुग्दैन ।

यात्रुहरूलाई त शास्ति हुने भयो नि त । हाम्रो बल्लबल्ल बस चढ्न पाएका छन्, धेरै पनि भाडा वृद्धि गर्दाखेरि के गर्ने ?

सार्वजनिक यातायात चल्दाखेरि पब्लिकलाई सुविधा हुन्छ । अहिले तपाईकै पपुलर रेडियो कार्यक्रम मार्फत म के जानकारी गराउन चाहन्छु भने सबै प्राइभेट गाडीहरू, प्रदेशमा सबै गुडेका थिए । त्यसमा धनगढीबाट काठमाडौँसम्म आउनको लागि यात्रुहरूले १५००० सम्म तिरेका थिए । अब त्यो पर्दैन । नेपाल सरकारले तोकेको भाडाको दुईतिहाई बढाएर पहिला १००० तिर्नुहुन्थ्यो भने अहिले १५०० तिनुपर्छ । त्यसलाई पनि सरकारले म्यानेज गर्न चाह्यो भने त्यो पनि म्यानेज हुनसक्छ । हामीले तिर्नुपर्ने बैंकको ब्याजको किस्ता केही नभने पनि छ महिना सारिदिने हो भने भाडाको दरलाई अझ कम गरेर लग्न सकिन्छ ।

अब कहिलेबाट टिकट बुकिङ्ग हुन्छ ?

दुःखद कुरा के हो भने हामीलाई भाडा, भाडा भनेर भनिएको के हो भने यसमा लाग्ने सेवा र म्यानेज गर्नुपर्ने कुराहरूमा हामीले दिने सेवा नै महत्वपूर्ण कुरा हो । तर हामीले सरकारलाई के भनेका छौँ भन्दाखेरि १० वर्षदेखि स्थिर रहेको भाडालाई कानुनी रूपमा निश्चित गर्नुपर्ने दायित्व सरकारले पूरा गर्नुपर्छ । यातायात व्यवसायी विभागले कोभिडभन्दा अगाडि कुरा उठाएको हो । चाँडोभन्दा चाँडो सरकारले नागरिकमाथिको दायित्व पूरा गर्छ भन्नेमा हामी आशावादी छौँ ।



प्रतिक्रिया दिनुहोस्