काठमाडौं, १ असोज । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अस्पतालबाट भिडियो सन्देश दिदै आफू दुइ तीन दिनमा डिस्चार्ज हुने बताएका छन् । कोरोना भाइरसको संक्रमित भई ज्वरो बढेपछि ओम अस्पतालमा भर्ना भएका कोइरालाले आफ्नो चिन्ता लिनुपर्ने अवस्था नरहेको समेत स्पष्ट पारेका छन् ।
‘मेरो चिन्ता लिनुपर्दैन,’ डा. कोइरालाले अस्पतालबाट भिडियो सन्देशमा भने, ‘म दुई तीन दिन अझै बसेर डिस्चार्ज हुन्छु ।’ उनले आफू कोभिड १९ को संक्रमित भएको र ओम नर्सिङ होममा उपचाररत रहेको समेत उल्लेख गरेका छन् ।
कोइराला कोरोना संक्रमित भई होम आइशोलेशनमा रहेकोमा ज्वरो बढेपछि ओम अस्पताल भर्ना भएका थिए । त्यहाँ उनलाई आइसियुमा उपचार गरिएको थियो ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला (@DrShashankKoir1 )आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिनुहुदै । pic.twitter.com/R7AibiTwHQ
— Bharat Tiwari (@bharat_tiwarii) September 17, 2020




प्रतिक्रिया