Logo

मेरो शेयरको मोवाइल एप सार्वजनिक, माइ आश्वा बाहेकको सबै सुविधा उपलब्ध



काठमाडौँ, १ असोज: सिडिएस एण्ड क्लियरिङ्गले मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको छ । सिडिएसले बुधबार देखि परिक्षणको लागि मेरो शेयरको मोवाइल एप सार्वजनिक गरेको हो ।

एप मार्फत लगानीकर्ताले मेरो शेयरको वेब भर्जनमा रहेका सम्पुर्ण सुविधा मध्ये हाल माइ आश्वा भित्र रहेका सुविधा बाहेकका सेवाहरु उपलब्ध गराएको छ । निकट भविष्यमा माइ आश्वा सहितको सम्पुर्ण सुविधाहरु सामेल गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सिडिएससीले जनाएको छ ।

लगानीकर्ताहरुले एप मार्फत मेरो शेयरको सेवा प्रयोग गर्दा थप सहज एंव चुस्तता महसुस गर्न सकिने सिडिएसको विश्वास छ । परिक्षणको लागि भनेर सार्वजनिक गरीएको भने पनि सिडिएसले एप मार्फत गरिने कारोबारहरु आधिकारिक हुने भएकोले होसियार पुर्वक कारोबार गर्न आग्रह गरेको छ ।

हाललाई एन्ड्रोईट अपरेटिङ्ग सिस्टममा मात्रै उपलब्ध रहेको र छिटै आईओएस अपरेरिङ्ग सिस्टममा समेत उपलब्ध गराउने सिडिएससीले जनाएको छ ।

आफ्नो हितग्राही खातामा मौज्दात रहेको शेयरको विवरण हेर्न, बजार मूल्यको पोर्टफोलियो हेर्न, आफ्नो स्वामित्वमा रहेका शेयरको लागतको भारित औषत गणना, कारोबार पछिको राफसाफ तथा फछ्यौटका लागि सम्बन्धित सदस्यलाई हस्तारण गर्नको लागि विद्युतिय पुर्जी जारी गर्न तथा प्राथमिक शेयरमा आबेदन दिने पाउने लगायतको सुविधाहरु दिदै आइरहेको छ ।-मेरोलागानी

https://play.google.com/store/apps/details?id=com.meroshare.app



प्रतिक्रिया दिनुहोस्