Logo

कोरोना संक्रमितलाई पाँच दिनमा निको पार्ने अनुशन्धानकर्ता ओलीको दाबी (विज्ञप्ती र भिडिओसहित)



काठमाडौं, १ असोज । आयुर्वेद अनुसन्धानकर्ता लक्ष्मी ओलीले पाँच दिनभित्र नै कोरोना संक्रमित विरामीलाई निको पार्ने दाबी गरेका छन् । आयुर्वेदिक जडिबुटीको माध्यमबाट आफूले कोरोना संक्रमित विरामीलाई निको पार्ने उनको दाबी छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उनले अहिलेसम्म तीन जना कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी दिएर निको पारिसकेको दाबी गरे । उनकाअनुसार आफूले ल्याएको उक्त औषधीको नाम ‘इम्युनिटी बुस्टर’ दिईएको छ । र, सोही औषधी कोरोना संक्रमित विरामीको लागि फलदायी हुने उनको दाबी छ ।

उनले भने,‘यो औषधी दिएर मैले अहिलेसम्म तीन जना कोरोना संक्रमित विरामीलाई निको पारेको छु । त्यो पनि चार र पाँच दिनको बीचमा, ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ८ र ९ का तीन जना विरामीलाई मैले यो औषधीमार्फत निको पारेको हुँ । अहिले उहाँहरुमा कोरोनाको कुनैपनि लक्षण छैन् । र कोभिड–१९ को रिपोर्टपनि नेगेटिभ आएको छ । म सँग त्यसको प्रमाणहरुपनि सुरक्षित छ ।’

ओलीले कोभिड–१९ को सन्दर्भमा यस्तो भनेका छन्,‘कोभिड–१९ कोरोना भाइरस आरएनए, लीपीड र प्रोटीन मिलेर बनेको एउटा कोरोना जातको भाइरस हो । यो रोग मानिसको ¥याल, सिगान, खकार, थुकबाट सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नसक्ने र मानिसमा रुघा, खोकी, ज्वरो, टाइफाइड, निमोनिया, डायरीया जस्ता लक्षण देखिने र संक्रमित व्यक्तिमा इम्युनिटी घटेर जाने र फोक्सो, लिभर, मुटु, किड्नीको कार्य क्षमतामा ह्रास ल्याएर मूत्युको मुखसम्म पु¥याउने भाइरस हो ।’

अनुशन्धानकर्ता ओलीले आयुवेर्दिक उपचार पद्धती प्राचिनतम उपचार पद्धती भएको बताउँदै भनेका छन्,‘आयुवेर्दिक दर्शनले औषधिको र उपचारात्मक मात्र नभएर यो एक जिवन पद्धती हो । यो पद्धतीको विकास जव मानिस धर्तिमा जन्मीयो त्यही बेला बाट सुरु भएको हो । जव भोक लाग्दा आयु बढाउन भनेर आमाको स्तनपान ग¥योे त्यसपछि जंगलमा कन्दमुल र फलफूल खान थाल्यो । चोटपटक, घाउ लाग्दा, आगोले पोल्दा विभिन्न माटो, जडिबुटी, गोवर लगाउन थाल्यो । त्यसै क्रममा मानिसले सिक्दै प्रयोगको क्रममा ज्ञान हाँसिल गर्दै गयो । यही ज्ञानको सिलसिलावद्ध, क्रमिक खोज, अध्ययन, अनुसन्धान बाट नै आजको अवस्थासम्म आइपुगेको हो । अनुसन्धान सधै भइरहेको हुन्छ । अनुसन्धानकै आधारमा पुस्तक लेखिन्छन् । पेटेन्ट राइट, बौद्धिक सम्पतिको संरक्षण, कपीराइट लगायत मानिसले गरेका खोज, अध्ययन र अनुसन्धानको आफ्नो दावी गर्न पाइने विश्वभरीकै प्रचलन हो ।’

उनका अनुसार अमेरीका, भारत र चीनमा पनि आ–आफ्ना खोज, अध्ययन र अनुसन्धान गरेर आफ्ना नाममा पेटेन्ट राइट दर्ता गर्ने चलन छ । उनले थपे,‘हाम्रो देशमा भएका धेरै जडिबुटीको पेटेन्ट राइट अमेरिकी, भारतीयले दर्ता गराएका छन् । ज्ञान कसै व्यक्तिको निजी हुँदैन । बरु त्यो ज्ञान त विश्व मानव समाज र मानवताका लागि अमुल्य हुने भएकाले ति ज्ञानको संरक्षण, पेटेन्ट दर्ता र अनुसन्धानलाई अगाडी बढाउनुपर्छ ।’

उनले कोरोना भाइरसबाट जोगिन सबैले विश्व स्वास्थ्य संगठनले निर्दिष्ट गरेको सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने (जो भिडभाडमा जानुहुन्छ) साबुन पानीले हात धुने गर्नुपर्ने र यसको साथै कोरोना संक्रमित र संक्रमण नभएका सबैले निम्नलिखित कुराहरू पालना गर्नुपर्नेमा जोड दिएका छन् :

१. हिम्मत मजबुत बनाउने–, निरास नहुने, कोरोना भाइरसबाट संक्रमितहरु पनि ९७%–९८% मा सामान्य लक्षण पनि नदेखिएकाले धेरै मानिस विना उपचार नै आफै पनि निको हुने भएकोले आत्तिनु र डराउनु पर्दैन मनोवल नै हाम्रो शरीरको प्रतिरक्षा प्रणाली हो । मनोबल उच्च भएमा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बनिरहने भएकाले हामीले उच्च मानसिक मनोबल बोक्नु पर्दछ ।
सबैले अपनाउनुपर्ने तरिका

२. सकारात्मक सोच :– समाचारमा आउने जानकारीलाई सकारात्मक रुपमा लिएर संक्रमणबाट बच्दै यो निको हुने रोग हो । सावधानी अपनाएर व्यवहार गर्न सकिन्छ भनेर स्वास्थ्य खानपान, जिवनशैली, योग, ध्यान,, प्राणायाम, भिटामीन सी, स्वच्छ पानी, मनोरञ्जन, निन्द्रा, नृत्यलाई सकारात्मक रुपमा ग्रहण गर्दै सकारात्मक चिन्तन गर्नुपर्दछ ।

३. विरामी वा स्वास्थ्य व्यक्तिले विहानको ७–८ बजेको घाममा दैनिक १५–२० मिनेटसम्म पुरा शरीरमा घाम पर्ने गरेर कपडा खोलेर बस्नु पर्दछ ।

४. योग, ध्यान, प्राणायाम, कपालभाती प्राणायाम, भस्त्रीका प्राणायाम, अनुलोम, विलोम प्राणायाम, प्रणव ध्यान गर्ने, उँ कार ध्वनी निकाल्ने ।

५. मनोरन्जन, हास्यव्यङ्गय हेर्ने, हास्ने दैनिक, गित सुन्न्ो, नाच्ने, गफ गर्ने ।

६. गम्भीर भएर एक्लै नबस्ने । दुरी कायम गर्दै गफगाफ गर्ने ।

७. निन्द«ा पर्याप्त लिने, ७–८ घण्टा सुत्ने ।

८. मोबाइल र टिभीबाट अली टाढा बस्ने अत्यधीक प्रयोग नगर्ने । मनोरन्जनका कार्यक्रम मात्र हेर्ने, सुन्ने ।

९. माछा, मासु, एनीमल प्रोटीन, चिनी, कडा नुन, पेप्सी, कोल्ड ड्रिङ्गस, मैदाका परिकार मःम, चाउमिन, फ्रिजको चिसो, बिस्कुट, चाउचाउ, समोसा, अजिना, प्याकेटका, बोत्तलका खानेकुरा नखाने ।

१०. घरमा बनेका ताजा खानकुरा दाल, रोटी जाउलो, फलफुल सलाद, जुस खाने ।

११. सुन्तलाको जुस, मौसमीको जुस, अमलाको जुस, कागती पानी, बेसार पानी, मेवाको जुस, मेवाको पातको रस, अनारको जुस आदी खाने ।
१२. भान्सामा खानामा दालचिनी, मरिच, अदुवा, लसुन, ज्वानो, मेथी, जीरा, टिमुर, ल्वाङ्ग, सुकमेल हालेर खाने । यी जडिबुटीमा रोग प्रतिरोधात्मक क्षमता बढाउने शतिm छ ।

१३. दालचिनी, मरिच, अदुवा,, ज्वानो, मरिचको जुस बनाएर खाने ।

१४. गुर्जो, अदुवगंधा, जेठी मधु, मरिचको जुस बनाएर खाने ।

१५. त्रिकटु (सुठो, मरिच, पिप्ला)को धुलो वा काँडा बनाएर खाने ।

१६. सुद्ध मह र कागती मिलाएर खाने ।

१७ दिनमा ३–४ पटक मुख कुल्ला गर्ने ।

१८. शारिरिक सरसफाइमा ध्यान दिने, बाहिरबाट घरमा आएपछि नुहाएर सफा कपडा लगाएर मात्र भित्र पस्ने ।

१९. घर आगनमा तुलसी, निम, सयपत्री, मखमली, पारिजात, बाबरी, एलोभेरा जस्ता रुख विरुवा रोप्ने ।

२०. घर आगन गाइको गोवर र गहुत र पक्की हो भने फिनेलले पुस्ने ।

२१. टमाटरको जुस, अचार, पुदिना, धनियाँको अचार खाने ।

२२. शरिरिमा भिटामिन डि र सी को कमी हुन नदिने ।

२३. जाँड, रक्सी, चुरोट बिडी, खैनी, पान, मधु नखाने ।

२४. जमराको जुस, सज्जीवनको दाल, सिस्नोको दाल, खाने । काँचो केराको तरकारी खाने ।,

२५. यो प्रोटोकोल सबै संक्रमित, स्वास्थ्य व्यक्ति, सबैका लागि तयार पारिएकाले यो प्राटोकललाई पछ्याएर सबैले उच्च विश्वासका साथ लागु गर्ने ।

इम्युनो बुस्टर

यो आयुवेर्दिक औषधि जडिबुटीको धुलो बनाएर मिश्रण गरेर तयार पारिएको हो । यो औषधिमा मुख्य रुपले भुमी अमला, गुर्जो, अश्वगंधा, असुरो लगायतका १५ प्रकारको जडिबुटीहरुबाट तयार पारिएको हो , विश्वभरीको अभ्यास, भारत र चीनको अभ्यास आफ्नै जडिबुटीका क्षेत्रमा विगत १७ वर्षदेखिको अभ्यास, क्यान्सर उपचार र अन्य जटिल रोगको उपचार र प्राप्त अनुभवका बलमा औषधि तयार पारेर हामीले स्वास्थ्य व्यतिm र संक्रमितहरुमा प्रयोग गरेर तीन जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ । त्यसमध्ये १ जनाको ४ दिनमा नै नेगेटिभ आएको छ भने अरु २ जनाको ५ दिनमा नेगेटिभ रिपोर्ट आएको छ । यो औषधि प्रयोग भएका जडिबुटीमा भुमी अमला,, गुर्जो, अश्वगंधा, असुरो । यी जडिबुटीमा Antioxidant, Antiviral, Antibacterial, Antiflu, Antiallergic, hepato protective, Antipiretic, Antiseptic, immunity buster antihypoglysemic, Apatizer, WBC enhancer लगायत धेरै प्रकारका तत्वहरु समावेश भएकाले धेरै प्रकारका भिटामिन मिनरल र शरिरमा रोग प्रतिरोधि क्षमता बढाउने क्षमता राख्छ । मैले यी सबै विषयमा खोज, अध्ययन, अनुसन्धान र प्रयोगबाट प्रमाणित गरेर बिरामीमा पनि र स्वास्थ्य व्यतिmमा पनि अन्य रोगमा पनि पटक पटक प्रयोग गर्दै आएकाले कुनै प्रकारको साइड इफेक्ट नभएको सुरक्षित भएकाले रोग प्रतिरोधात्मक क्षमता बढाउन र रोग निको पार्नमा प्रभावकारी देखिएकाले यो औषधिको विकास र प्रयोग गरेर कोभिड–१९ का बिरामीको रिपोर्ट पनि नेगेटिभ आइसकेको अवस्था हो । कितावमा भएका कुरा घोक्ने र दिमागलाई अनावश्यक बोझ दिने काम झन्झटिलो रहेकाले मलाई यी सम्पूर्ण जडिबुटीको केमिकल कम्पाउण्ड लेख्न अल्छी लागेको हो । यी बनस्पतीमा रहेका Active Compound र त्यसका कार्य क्षमता र Properties का बारेमा गुगोल र नेटमा गएर हर्वल इन्साइक्लोपेडिया र विभिन्न रिसर्च पेपरहरु अध्ययन गर्न जो सुकैले पनि सक्नुहुनेछ । यी औषधिका गुण, प्रभाव, लाभ, हानी र सम्पूर्ण ज्ञान बाहिर प्रकाशित भइसकेका छन् । यो मेरो अनुसन्धान कोभिड–१९ का सन्दर्भमा मात्र नयाँ हो ।

इम्युनो बुस्टर

१. यो जडिबुटी पिसेर तयार गरिएको चुर्ण (धुलो) एक चम्चा का दरले बिहान, दिउसो, बेलुका मनतातो एक गिलास पानीमा पकाएर, छानेर (काँडा) खाना भन्दा आधा घण्टा पछाडि वा केही नास्ता खाएको आधि घण्टा पछाडि पिउने ।

२. यो औषधिले इम्युनिटी बढाउने हुनाले शरिरमा रोग प्रतिरोधक क्षमता बनाइराख्ने हुनाले बच्चा, बृद्ध, युवा, निरोगी, रोगी सबैले सेवन गर्न सकिन्छ र कुनै साइड इफेक्ट छैन ।

३. यो औषधि कोरोना पोजेटिभ देखिएका सामान्य व्यक्ति लक्षण नदेखिएका वा लक्षण देखिएका वा कडा ज्वरो, रुघा, खोकी, मर्की, छाती दुख्ने, निमोनिया, टाइफाइड, टिमी रोगी, किड्नी रोगी, मुटु रोगी, सुगर रोगी, प्रेसर रोगी, दम रोगी, क्यान्सर रोगी, लिभर रोगी, जुनसुकै बिरामीले खाँदा पनि साइड इफेक्ट छैन । केही दिनको औषधि सेवनबाटै शरिरमा ज्वरो, रुघा, खोकी छुट्छ । शरिरमा शक्ति बन्छ । शरिर हलुका बन्छ ।

४. यो र्औषधि स्वादमो केही तितो हुन्छ । तर त्यो तितोले कुनै प्रकारको खराबी गर्दैन किनकी यी सबै जडिबुटी हजारौँ बर्षदेखि हाम्रा बाउबाजेले निरन्तर रुपमा चलाउँदै र उपयोग गर्दै आइसकेको र म आफैँले उपचार गरिराखेकाले कुनै प्रकारको संका गर्नुपर्ने अवस्था छैन । अन्य मुलुकमा पनि यसै गरी औषधिको अनुसन्धान हुने हो । विदेशीको अनुसन्धान भन्दैमा राम्रो हुने र हाम्रो आफ्नो अनुसन्धान भन्दैमा नराम्रो हुने भन्ने कुरा हुन सक्दैन ।

५. यो औषधिले धेरै प्रेसर लो भएका बिरामीमा अलीकती प्रेसर घटाउने भएकाले धेरै प्रेसर कम भएका बिरामीले डाक्टरको सल्लाहमा मात्र औषधि सेवन गर्ने वा सिधेनुन मिसाएर काँडा बनाएर पिउने ।

६. यो आयुवेर्दिक औषधि पूर्णतया प्राकृतिक, बेदसम्मत, मानव र प्राणीको हित गर्ने र यही औषधिले मात्र पनि विश्वमा प्रकृति, पुर्विय सभ्यता, संस्कृति, दर्शन र सम्पूर्ण आयुर्वेदलाई विश्वमा स्थापित गर्न ठूलो भूमिका खेल्छ भन्ने हामीलाई विश्वास छ । आचार्य, ऋषिमुनी, गुरुजन, भगवान र सम्पूर्ण दृश्य अदृश्य शक्तिहरु, चन्द्रमा र सूर्य, पञ्चतत्व सम्पूर्ण इनर्जीको साथ हामी औषधि बनाउने र सेवन गर्ने पात्र दुवैको र समस्त मानव र प्राणी जगतको कल्याण, दिर्गायु, शुखृबृद्धि हुन सकेको होस् । मेरो आफ्नो भूमिकामा इश्वरको इच्छा पुरा भएको होस् । विश्व शान्तिको कामना । कोरोना सान्त ।

अनुसन्धानकर्ता
लक्ष्मी ओली
मोबाइल नं. ९८४०३९०२०४

 

 

 



प्रतिक्रिया दिनुहोस्