Logo

आयुष्मानको काखमा प्रियंका



काठमाडौं, १ असोज । नेपाली चलचित्रमा चन्चले नायिकाको परिचय बनाएकी छिन् प्रियंका कार्कीले । एक समय चलचित्र क्षेत्रमा निकै लोकप्रियता बटुल्न सफल भएकी थिइन् । अभिनेत्री रेखा थापा अस्ताउनु र प्रियंका कार्की उदाउनु एउटै समय थियो । प्रियंका कार्कीलाई नाइ नभन्नु ल फिल्मले सफलता दिलाएको थियो भने फिल्म छक्का पञ्जाले लोकप्रिय बनायो ।

एकाएक चर्चामा आएकी प्रियंकाले धेरै फिल्मलाई समय दिन थालेपछि चुलिएको स्टारडम जोगाउँन सकिनन् । पछिल्लो समयमा उनले अभिनय गरेका कुनैपनि फिल्मले खासै सफल हुन सकेका छैनन् । केहि समय अगाडीसम्म उनकै नामले पनि फिल्म चल्ने निर्माता तथा निर्देशकको विश्वास थियो तर अहिले भने समय फेरिएको छ ।

प्रियंका र नायक आयुष्मान देशराजले लामो समयको प्रेम सम्बन्ध लाई गति दिन गत वर्षको फागुनमा विवाह गरे । तर विवाह पश्चात लागेको लकडाउनले उनीहरु हनिमुन जान पाएनन् । भैसीपार्टीमा बस्दै आएका यो जोडीले सधै रोमाण्टिक तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै आएका छन् । घरभित्रको रोमाण्टिक फोटोहरु प्रियंकाले इन्टाग्राममा सेयर गदै
आएकी छिन् । प्रियंका आयुष्मानको काखमा बसेको फोटो राख्दै क्याप्सनमा लेखेकी छिन्, ‘आयुष्मानलाई दुख दिन मन पर्ने यो समय । ’



प्रतिक्रिया दिनुहोस्