Logo

बिछोडको चोट सजिलै भुल्ने तरीका



आजकाल प्रेम सम्बन्ध छिटो जोडिने र चाडै छुटिने हुन्छ । सम्बन्ध कहिले आपसी सहमतिमा टुट्छ, तर धेरै जसो सम्बन्ध टुट्ने कारण चाही दुईजना मध्ये एकजनाको कारणले नै हुन्छ । सम्बन्धमा बिग्रेमा साचो माया गर्नेलाई निकै असर पुग्छ भने धोका दिनेले दुख महसुस नै गर्दैनन् ।

मानिसहरुलाई आफ्नो मायालुसँग छुट्टिदा असह्रय पिडा हुन्छ । असह्रय पिडा कम गर्न मानिसहरुले चाहेपनि छुटकारा पाउन सकेका हुँदैनन् । विस्तारै विस्तारै डिप्रेशनमा जान्छन् । डिप्रेशनको औषधि खान सुरु गर्छन् । ब्रेकअपको दुखाई कम गर्ने औषधि यो दुनियामा नै छैन् ।

ब्रेकअपलाई लिएर एक शोत्रकर्ताले एक निष्र्कष निकालेका छन्, जसबाट ब्रेकअपको पिडा सजिलै छुटकारा पाउन सकिन्छ । शोधकर्ताले गरेको सहभागीबीच प्रश्न उत्तरमा राम्रा तथा प्रधावकारी उपायहरु निस्किएका थिए ।

निस्किएका उपाय मध्ये आफ्नो प्रेमीको बारेमा जति सक्दो नराम्रो सोच्नुपर्छ । उनका नराम्रो आदतको बारेमा धेरै भन्दा धेरै सोच्ने र आफ्नो मनबाट उसलाई विस्तारै हटाइदिने । म्युजिक सुन्ने, घरको काममा व्यस्त हुने । जतिसक्दो काममा व्यस्त हुने

यसरी प्रेमीको बारेमा नराम्रो सोच्दा छिटो भन्दा छिटो बिर्सन सकिन्छ र आफुलाई डिप्रेशन हुनबाट रोक्न सकिन्छ । बिना कुनै डाक्टर, बिना कुनै औषधि घरमा बसेर ब्रेकअपको पिडा कम गरी सजिलै मुक्ती पाइन्छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्