Logo

जुत्ता पोलिस गरेर १८ लाख कमाउने यी मानिस



कुनै काम ठुलो र कुनै सानो हुँदैन, राम्रो मन लगाएर काम गरेमा तपाइँको भाग्य चम्कन्छ । यसै मन्त्रलाई यी मानिसले अपनाए र जुत्ता पालिस गर्ने सानो कामले महिनामा लाखौ कमाउछन् । अमेरिकाको मैनहट्टन शहरमा बस्ने डान वार्ड नामका यी व्यक्तिले जुत्ता पालिस गरेर धेरै पैसा कमाउछन् । पहिला फोटो स्टुडियोमा काम गर्ने यी व्यक्तिको जीवन गुजारा गर्न मुस्किल थियो । यसरी जीवन धान्न गाह्रो भएपछि जुत्ता पालिस गर्ने सोच बनाएर यही काम गर्न थाले ।

हाल उनी आफ्नो काममा धेरै खुशी छन् । उनले भनेका छन्, ‘मलाई यो काम गर्दा धेरै मजा आएको छ , मैले साथीहरुल गरेको देखेर काम सुरु गरेको हो र आज आनन्दले पैसा कमाइरहेको छनु । ’

वार्डले पैसा कमाउनको लागि अनौठो तरीका अपनाएका छन् । उनको पसल अगाडी आउने मानिसहरुले आफ्नो जुत्ता गन्ह्राएको महसुस गर्छन् र जुत्तामा पोलिस गर्न बाध्य हुन्छन् । वार्डले आफुले चरालाई झै चारो हाल्ने गरेको जानकारी दिएका छन् । कुनै चरा भित्र पस्छन् भने कुनै भाग्छन् ।

उनकोमा आएका मानिसहरुलाई जुत्तामा पालिस गर्दै चुट्किला सुनाउँछन् । हाँस्दै हसाउँने गरेर महिनामै १८ लाख रुपैयाँ कमाउँदै आएका छन् । उनले हाँस्दै मानिसहरुलाई जुत्ताको सरसफाई गर्न प्रेरित गर्दछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्