Logo

दाजुभाई दिदीबहिनीसँगै जान नहुने यो शिव मन्दिर



यो विश्वमा यस्ता अजिबका स्थान छन्, सुन्दा पनि हामीलाई आश्चर्य लाग्छ । भारतको उत्तर प्रदेशको जालौन जिल्लामा कालपीको नामबाट बनेको मिनार छ, जसलाई लंका मीनार पनि भनिन्छ । यस मीनारमा रावण र उनका परिवारको पुरै सदस्यको मुर्ति राखिएको छ । मिनारको उचाई २१० फिट छ, जसलाई मथुरा प्रसादको नाम गरेको एक व्यक्तिले १ लाख ७५ रुपैयाँ खर्च गरेर बनाएका थिए ।

उक्त लंका मिनार कलियुगमा निर्माण भएको थियो । रावण महापण्डित भएपनि सीताको हरण गरेका थिए । मथुरा प्रसादले रामलीलामा केही वर्षसम्म रावणको भुमिका गरेका थिए । त्यसै कारण उनको आफ्नो नामसँग भन्दापनि रावणको नामसँग धेरै परिचित भए ।

मीनार एक शिव मन्दिर हो, यो बन्नुको प्रमुख कारण रावण भगवान शिवको भक्त थिए । यो मिनारको टुप्पोमा पुग्न सात फेरो लगाउनु पर्छ । सात फेरो लगाएर माथि पुग्नुपर्ने भएकोले उक्त मीनारमा भाई बहिनी सँगै नआउन पनि आग्रह गरिएको छ । हिन्दु धर्ममा विवाहमा सात फेरो लगाउने परम्परा चलिआएको छ । सात फेरो लगाएपछि पति पत्नी एक अर्काका मानिन्छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्