Logo

पाँच पतिकी पत्नी भएपनि द्रौपदी पतिव्रता



आज जमान धेरै अगाडी बढेको छ । मानिसहरु पुरानो विचारधारा छोडेर नयाँ सोचको साथमा हिडिरहेका छन् । तैपनि महिलाको विषयमा भने पुरानै सोचाई आज पनि त्यस्तै छ । कुनै गलत काम होस्, सानो देखि ठुलो किन नहोस् हरेक कदममा महिलालाई दोषी ठहराएको छ । २१ औं शताब्दीमा पनि भर्जिन युवतीको खोजी हुन्छ । जब बच्चाले केही गल्ती गरेमा पनि महिला नै दोषी ठहरिन्छिन् । तर द्रौपदी पाँच पाण्डवसँग विवाह गर्दा पनि कसरी पवित्र रहिन भन्ने कुरा सधै प्रश्न उठ्ने गर्छ । आज पनि उनको भर्जिनिटीको आधारमा जर्ज गरिरहेका छन् ।

महाभारतको कहानीको बारेमा सबैलाई थाहा छ । द्रौपदीको विवाह पाँच पाण्डवसँग भएको थियो । राजा द्रुपदले आफ्नो छोरी द्रौपदीको विवाहको लािग स्वयंम्बरको आयोजना गरेका थिए । स्वयंम्बरमा उनले दिएको शर्त अनुसार अर्जुनले पुरा गरेकोले द्रौपदीको अर्जुनसँग विवाह भएको थियो ।

उक्त समयमा आफ्नो पहिचान लुकाउन उनीहरु एक ब्राह्मणको भेषमा बसेका थिए । उनीहरुले भिक्षा मागेर आफ्नो पेट भर्थे । पाण्डबहरुले दिनभर भिक्षा मागेर ल्याएको सबैचीज आमा कुन्तीलाई दिन्थे र कुन्तीले सबैलाई बराबर बाडेर खान दिने गर्थिन् । आमालाई सधै झै द्रौपदीलाई विवाह गरी ल्याएका अर्जुनले आज हामीले के लिएर आएका छौ हेर्नुहोस् भने । कुन्तीले हेर्दै नहेरी पाँचौ भाईले बाडेर खाउ भनिन् ।

धर्मराज युधिष्ठिरले आमाको मुखबाट निस्केको कुरा झुठो हुन नसक्ने भन्दै पाँचै भाईले विवाह गर्ने उपाय निकाले । यो थाहा पाएर राजा द्रुपद दुखी भए । द्रुपदलाई ऋषि व्यासले द्रौपदीले पुर्व जन्ममा भगवान शिवबाट पाँच पतिको वरदान प्राप्त गरेको बताइदिए ।

सबैभन्दा पहिला द्रौपदीले युधिष्ठिरसँग विवाह गरिन् । त्यसपछि भोलीपल्ट क्रमश भीम, अर्जुन अन्य भाईसँग विवाह भएको थियो । सबैसँग द्रौपदीे पत्नीको धर्म निभाएकी थिइन् । वास्तवमा हरेक पटक पत्नीको धर्म निभाउन सफल हुनुमा उनलाई प्राप्त वरदान थियो । उनी प्रतिदिन कन्या भाव अर्थात कुमारी हुन सक्थिन् । यसरी द्रौपदीले आफ्ना पाँच पतिहरुसँग कन्याको भावमा नै प्राप्त हुन्थिन् । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्