Logo

भगवान शिवले मासु खाएको दिन



सधै फलफुल खाने शिवजीले जम्मा एक दिन मासु खाएका थिए । भगवान शिवले मासु खाएको एक रोचक कहानी छ । एक सिकारी जंगलमा सिकार गर्न गएका थिए । सिकारीले महादेवलाई देखे र महादेवलार्ई भोक लागेको होला भनेर मासुको भोग लगाइदिए । भोलेनाथले उनले चढाएको मासु स्वीकार गरे ।

घना जंगलमा सिकारीले एक शिव लिंग देखे । शिवलिंग बेलपत्र र फुलले श्रृगारीएको थियो । उनले सोचे शिवलिंगलाई कसैले त सुरक्षा दिनुपर्छ । उनी केही बेर बसे तर साझ हुँदा पनि कोही उनको सुरक्षाको लाग कोही आएनन् । कोही नआएको देखेर सिकारीलाई शिवको चिन्ता लाग्यो । शिवलाई रातमा एक्लै जंगलमा छाड्यो भने कुनै जंगली जनावरले हमला गर्ला भनेर धनुषको वाण चढाए । भगवानको शरणमा समर्पित गरेर रातभरी सुरक्षा दिए ।

सिकारीलाई लाग्यो कि मलाई जस्तै भोग भगवान शिवलाई पनि लागेको होला भनेर एक पक्षीलाई मारेर शिवलाई चढाइदिए । अर्को दिन पनि शिवलाई एक्लै देखे त्यो रात पनि सुरक्षा दिए । बिहान उठेर फेरी सिकार गर्न गए । उनी सिकार गर्न गएको समयमा एक ब्राह्मण आए । उनले शिवजी लाई मासु चढाएको देखेर रिसाए ।

पुजारीले कसले मासु राखेर शिवको मन्दिर अपवित्र बनाइदियो भन्दै त्यसको पत्ता लगउन लुकेर बसे । भोलिपल्ट बिहानै सिकारी भन्दा पुजारी पहिला पुगे । उनले एक व्यक्तिले शिवको सुरक्षाको लागि धनुषको तीर चढाएको देखे । पुजारीले कसले हो यस्तो गरेको भनेर रुखको पछाडी बसेर हेरे ।

अन्य दिन जस्तै सिकारीले त्यो दिनपनि पक्षी मारेर शिव लिंगमा राखेर घर फर्कन लागे । शिवको लिंगमा मासु चढाएको देखेर पुजारी रिसाएर भने ‘ए मुर्ख महादेवलाई अपवित्र किन गरिरहेका छौ ? ’ सिकारीले सबै सत्य कुरा ब्राह्मणलाई बताए । पुजारी छाति पिट्दै उफ्रन थाले । सिकारीले ब्राह्मणलाई शिवलिंगलाई रातमा एक्लै छाडेमा प्राण लिने भन्दै धम्काए ।

ब्राह्मणले सिकारीलाई सम्झाए संसारको सुरक्षा गर्ने शिवजीलाई तिमीले कसरी सुरक्षा दिन्छौ । तर ब्राह्मणको कुरा सम्झन सकेनन् उनको दिमाग मोटो थियो । ब्राह्मणले शिवलाई अपवित्र बनाएको आरोप लगाउदै सिकारीलाई दण्ड दिन तयार भए ।

महादेवले उनीहरुको सबै कुरा सुनिरहेका थिए, अवस्था बिग्रदै गएको थियो तब शिवजी प्रकट भए र सिकारीलाई गला लगाए । शिवजीले ब्राह्मणलाई छाड्न भने म आफ्नो सुरक्षाको बन्दोबस्त गरौला ।

पुजारीले शिवलाई आफ्नो कहानी सुनाए मैले वर्षौ देखि तपाइँको सेवा गर्दै आएको छु । यस जंगलमा प्राणको बाजी राखेर पुजा गर्न आएको छ । फल र फुलले भोग लगाउछु । तर तपाइँले कहिल्यै दर्शन दिनु भएन । यस सिकारीले ३दिन सम्म तपाइँलाई मासु चढाएर अपवित्र बनायो । उसैमाथि तपाइँले प्रेम गर्नुभयो ।

भोलेनाथले भने, ‘तिमीले मेरो पुजा गरेपछि फलको आशा राख्छौ तर सिकारीले मेरो निस्वार्थ भावले सेवा गरयो । यसले मलाई अपवित्र बनाएन यसलाई प्रियजनका सेवा यसरी नै गर्न आउछ । यो त भावको भोको हो । उसले जुन भावको तृप्ति मलाई दिएको छ जुन फलफुलमा पाइदैन । यसो भनेर सिकारीलाई वरदान दिएर शिवजी अन्र्तध्यानमा गए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्