Logo

गाँजा सहित ४ जना पक्राउ



तनहुँ, १ असोज । अवैध लागूऔषध गाँजा सहित ४ जना पक्राउ परेका छन् । आबुखैरनी गाउँपालिका ४ बाट ३ किलो २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा स्याङजा घर भएका रोसन गुरुङ, गोर्खा घर भएकी पुजा गुरुङ, कास्की पोखराका सुरज बिश्वकर्मा र पर्वत घर भई पोखरा सृजनाचोक बस्ने किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्