Logo

बामदेवको सपथमा नेकपा सचिवालयका को आए को आएनन्



काठमाडौं, १ असोज । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आज राष्ट्रियसभा सदस्यको सपथ लिए । गौतमले कुनैबेलाका आफ्नै कार्यकर्ता राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथ लिए ।

सपथको दृश्य अर्थपूर्ण र रोचक देखिन्थ्यो । बामदेवसहित नेकपा सचिवालयका छ जना सपथ कार्यक्रममा उपस्थिति भएका थिए । उनीहरुमध्ये पाँचजना प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने समूहका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल सपथमा सहभागी भई गौतमलाई बधाई दिए । उनी निकै हर्षित देखिन्थे ।

गौतमको सपथमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यहरु इश्वर पोखरेल र रामबहादुर थापा बादल सहभागी भएनन् । तीनैजना सरकारमा सहभागी छन् ।

सचिवालयका प्रचण्डसहित छजना सपथमा सहभागी हुनु र बाँकी तीनजना सरकारमा रहेका कोहीपनि सहभागी नहुनुलाई अर्थपूर्ण मानिएको छ ।

गौतमको सपथमा ओली पक्षका स्थायी कमिटी सदस्य सुभाषचन्द्र नेम्वाङ पनि उपस्थित थिए । उनले बधाई पनि दिए । अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य पनि सहभागी थिए ।-तस्वीरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot