Logo

क्वारेन्टाइनमा आत्महत्या गर्ने बढे



काठमाडौं, असोज २ । कोरोना संक्रमितको आशंकामा देशभर क्वारेन्टाइनमा बस्दै आएका मध्ये १५ जनाले आत्महत्या गरेका छन् ।

खास गरी भारतबाट नेपाल प्रवेश गरेका नेपालीहरुले क्वारेन्टाइनमा नै बस्दा आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

क्वारेन्टाइनमा बस्दै आएकाहरुले त्यहाँको बासस्थानको अवस्था तथा कोरोना संक्रमण पुष्टि भए मरिने डरले पनि आत्महत्या गरेको विज्ञहरुले बताएका छन् ।

यसपटक क्वारेन्टाइनमा बस्दै आएका महिलाभन्दा बढी पुरुषले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नुको कारण भने अहिलेसम्म नखुलेको प्रहरीको भनाई छ ।

क्वारेन्टाइनमा बसेकामध्ये पाल्पा, बझाङ, रोल्पा, दैलेख, अर्घाखाँची, सुर्खेत, बाजुरा, महोत्तरी, सर्लाही, बुटवल, बैतडी, गोरखा, बागलुङ, झापा र महोत्तरीमा एक–एक गरी जम्मा १५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।

भदौसम्मको तथ्यांकमा क्वारेन्टाइनमा आत्महत्या गर्नेमा एक महिला र बाँकी पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।

विगत ६ महिनामा नेपालमा ३ हजार ४ सय १५ जनाले आत्महत्या गरेका छन् । नेपालमा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्दो अवस्थामा रहेको छ । गत असार र साउनमा आत्महत्या गर्ने संख्या अत्यधिक रहेको छ ।

गत असारमा आत्महत्या गर्नेको संख्या ९ सय ७२ रहेको थियो भने साउनमा ७ सय ९ जनाले आत्महत्या गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्