Logo

संस्थागतभन्दा होम आइसोलेसन बस्ने संक्रमित बढी



काठमाडौं, असोज २ । पछिल्लोसमय संस्थागतभन्दा होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ३ जना र होम आइसोलेसनमा ८ हजार ३ सय ३८ जना रहेका छन् ।

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमण बढी भएका मुख्य सहरका संक्रमित बढी होेम आइसोलेसनमा छन् । ‘अहिले संक्रमण बढिरहेको काठमाडौंका बढी होम आइसोलेसनमा बसेका छन्,’ राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। वासुदेव पाण्डेले बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्