Logo

जेलहरू कोचाकोच



काठमाडौं, असोज २ । क्षमताभन्दा धेरै कैदीबन्दी राखिएका कारण कारागार कोरोना संक्रमणको उच्च जोखिममा देखिएका छन्। कारागार व्यवस्थापन विभागले क्षमता विस्तारका लागि गृह मन्त्रालयमा ताकेता गरेपछि केही निर्माणाधीन छन् ।

विभागका सूचना अधिकारी देवर्षि सापकोटाका अनुसार बिहीबारसम्म ७४ कारागारमध्ये ११ वटामा कोरोना संक्रमित फेला परेका छन्। केन्द्रीय कारागार सुन्धारा, सिरहा र सप्तरीपछि पाँचथर, सुनसरी र ललितपुर नख्खुका कैदीबन्दी संक्रमणमा परेका छन्। अन्य विभिन्न कारागारका १ हजार ५ सय १५ जना कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीको कोरोना परीक्षण गरिएको थियो ।

जसमध्ये ६ सय ७० जनामा कोरोना देखिएको थियो । १ सय २४ जना निको भइसके । बाँकी ५ सय ३८ अझै उपचाररत छन्। कारागारमा उच्च सावधानी अपनाइए पनि कोरोना भित्रिएको सापकोटाको दाबी रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्