Logo

बैंक, वित्तीय संस्थाको धेरै लगानी घरजग्गामा



काठमाडौं, असोज २ । रोजगारी सिर्जना गर्न र अर्थतन्त्र बलियो बनाउन उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने आवाज लामो समयदेखि उठ्दै आए पनि बैंक तथा वित्तीय संस्थाको अझै पनि ठूलो लगानी घर, जग्गामै हुने गरेको पाइएको छ।

अर्थविद्हरू घरजग्गामा हुने लगानीलाई अनुत्पादनक मान्छन्।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष ०७६र७७ बैंक तथा वित्तीय संस्थाको घरजग्गामा लगानी ६५।७ प्रतिशत छ।असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६५।७ प्रतिशत घरजग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्तिको ९कृषि तथा गैर–कृषिजन्य वस्तु० धितोमा प्रवाह भएको उक्त विवरणमा उल्लेख छ।०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४।४ प्रतिशत र १३।५ प्रतिशत थियो।

यसको अर्थ अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष घर, जग्गामा कर्जा बढेको छ।त्यस्तै आर्थिक वर्ष ०७६÷७७ मा बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फको कर्जा १६।७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११।५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२।३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८।६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७।७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२।१ प्रतिशतले बढेको छ।सोही समयमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित आवधिक कर्जा २७।७, डिमान्ड तथा चालुपुँजी कर्जा १४ र मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले बढेको छ।त्यस्तै ओभरड्राफ्ट कर्जा ७।२, ट्रस्ट रिसिट ९आयात० कर्जा ८।७ प्रतिशतले बढको छ ।

गत वर्ष घरजग्गाबाहेक कृषि, उद्योग क्षेत्रमा पनि केही लगानी बढे पनि अहिलेको आवश्यकता अनुसार त्यो पर्याप्त नभएको विज्ञहरूको धारणा छ।यतिखेर लगानीको ठूलो हिस्सा उद्योग, जलविद्युत्, कृषि जस्ता क्षेत्रमा हुनुपर्ने विज्ञ बताउँछन्।

कोरोना महामारीपछि स्वदेश र विदेशमा रहेका ठूलो संख्या नेपालीले रोजगारी गुमाएका छन्।गैरआवासीय नेपाली संघ लगायतका निकायले कोरोना महामारीपछि विदेशमा रहेका करिब १० लाखले रोजगारी गुमाएर फर्कने अनुमान गरेका छन्।

विदेशबाट आइतबारसम्म ६१ हजार सात सय १० फर्किएका छन्।अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिएका कारण उनीहरू महँगो भाडा तिरेर फर्किएका हुन्।नियमित उडान सुरु गरिएपछि ठूलो संख्याका नेपाली फर्कने अनुमान गरिएको छ।विदेशमा रहेका नेपाली फर्किएपछि उनीहरूलाई के रोजगारी दिने भन्नेबारे सरकारले अहिलेसम्म कुनै कार्यक्रम घोषणा गरेको छ।

त्यस्तै, स्वदेशमा औपचारिक र अनौपचारिक क्षेत्र गरी ६ लाख बढीले रोजगारी गुमाएको अनुमान रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्