Logo

३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



चितवन, असोज २ । नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराउँदै आएका उनी भदौ २५ गते अस्पताल भर्ना भएका थिए ।

निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्या देखिएका उनलाई पछिल्लो समय आइसीयूमा राखेर उपचार गराउँदै आएपनि विहिबार मध्यरातमा उनको मृत्यु भएको अस्पताल प्रशासनले पृष्टि गरेको छ ।



प्रतिक्रिया दिनुहोस्