Logo

कोरोना संक्रमणबाट ६६ वर्षीय पुरुषको मृत्यु



मोरङ, असोज २ । विराटनगरका एक वृद्धको कोरोनाबाट मृृत्यु भएको छ। विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत विराटनगर–१० का ६६ वर्षीय पुरुषको बिहीबार साँझ सवा ५ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ।

उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए।

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई भदौ ३० गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम