Logo

रुसद्वारा विकास भइरहेको कोरोनाविरुद्वको दोस्रो खोपले ६ महिनासम्म प्रतिरक्षा गर्ने



एजेन्सी, २ असोज । रुसको भेरोलोजी र बायोटेक्नोलोजी राज्य अनुसन्धानले दोस्रो खोप उत्पादन गरेको छ । अनुसन्धान केन्द्रद्वारा उत्पादीत भेक्टर नामक खोपले भाइरसविरुद्व लड्न करिब ६ महिनासम्म प्रभावकारी हुने बैज्ञानिकहरुले जनाएका छन् । उक्त खोप ६ महिनापछि पुनः दोहराउन सक्नेगरी निर्माण गरिएको अधिकारीले बिहिबार जनाएका हुन् ।

रुसद्वारा उत्पादीत कोरोनाविरुद्वको दोस्रो खोप भिन्न किसिमले निर्माण गरिएका छ जसकारण खोपलाई बारम्बार लगाइराख्नु पर्ने कुनै आवश्यक्ता नरहेको विश्वास विज्ञहरुले व्यक्त गरेका छन् । एक पटक खोप लगाएमा यसले निरन्तर आयु रहुञ्जेल प्रभावकारी हुन सक्दैन् । तर, खोपको क्षमताले भाइरसविरुद्व लड्न लामो समयसम्म प्रभावकारी हुने छ ।

नयाँ खोपले लामो समयसम्म प्रतिरक्षा गरेपनि यसले अन्य कोरोना भाइरसको प्रकारसंग लड्न समेत सक्षम रहेको जनाइएको छ । खोपको परिक्षण सुरुवातमा प्रभावकारी देखिएको कारण रुसी स्वास्थ्य मन्त्रालयले क्लिनीकल ट्रायलको अनुमति दिएको छ । ट्रायल सन् २०२० को सेप्टेम्बर महिनाको ३० तारिखमा हुने जनाइएको छ ।-Photo Source: TASS



प्रतिक्रिया दिनुहोस्