Logo

सरकारले भनेजस्तो ५० प्रतिशत अकुपेन्सीमा उडान गर्न सकिँदैन् : महासचिव कार्की (भिडिओसहित)



काठमाडौं, २ असोज । वायु सेवा सञ्चालक संघका महासचिव मनोज कार्कीले सरकारले आन्तरिक हवाई सेवा उडान सुचारु गर्ने भनेर गरेको निर्णय स्वागतयोग्य भएको र आफूहरुले यही माग तीन महिनाअघिदेखि राख्दै आएको पनि स्पष्ट पारे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै हिसाबले आफूहरुले असोज ५ गतेबाट मात्रै उडान गर्न सकिने कुरा सरकारी सम्बन्धित निकायलाई जानकारी गराएको स्पष्ट पारे । उनले सरकारले भनेजस्तो ५० प्रतिशतको अकुपेन्सीमा उडान गर्न नसकिने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्