Logo

प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित्, प्रचण्ड चितवन जाँदै



काठमाडौं, २ असोज । आज अपरान्ह बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित् भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समय दिन नभ्याउने भएपछि बैठक स्थगित् भएको वरिष्ठ नेता झलनाथ खनालले पत्रकार ऋषि धमलालाई जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओली संविधान दिवसको कार्यक्रमको तयारीमा जुट्नुपर्ने भएकोले आजको बैठक स्थगित् भएको हो । सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा आज बस्ने भनिएको थियो । अर्को बैठक यही असोज ४ गते बस्ने जनाईएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाँदैछन् । यो वर्षको संविधानदिवस कार्यक्रम दाहालले चितवनमा नै मनाउने तयारी गरेको उनको सचिवालयले जनाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्