Logo

राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा ‘फोटोग्राफी प्रशिक्षण दिने



काठमाडौं, २ आश्विन । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे नेपाल) ले फोटो पत्रकारहरुलाई फोटोग्राफी प्रशिक्षण दिने भएको छ । आफ्नो स्थापनाकालको २४ ‌औं वार्षिक उत्सवको अवसर पारेर फोटो पत्रकारहरुलाई भर्चुअल रुपमा प्रशिक्षण दिन लागिएको हो ।
असोज २ गतेबाट सुरु हुने भर्चुअल प्रशिक्षण असोज ३ र ४ गरी ३ दिनसम्म चल्नेछ । बेलुका ८ बजेदेखि १० बजेसम्म २ घण्टा प्रशिक्षकले फोटोग्राफी प्रशिक्षण गर्नेछन् । फोटो पत्रकारहरुलाई पुराना तथा अनुभवी फोटोग्राफर राजन काफ्लेले प्रशिक्षण दिनेछन् । काफ्ले हाल प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।
फोटो पत्रकारहरुको पूरानो संस्थाको रुपमा रहेको एनएफपिजेको यो प्रशिक्षणले संस्थामा आबद्ध नयाँ सदस्यहरुको क्षमता अभिबृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने छ संस्थाका महासचिव प्रदीपराज वन्तले बताए ।
संस्थाका अध्यक्ष राजेन्द्र चित्रकार पनि यस प्रशिक्षणबाट फोटो पत्रकारको क्षमता अभिबृद्धि हुने कुरामा विश्वस्त छन् । प्रशिक्षक राजन काफ्ले बेसिक लेभलबाट नै प्रशिक्षण सुरु गरिने बताए। उनी भन्छन्, ‘हामीले फोटोग्राफीको सामान्य कुराहरूबाट प्रशिक्षण सुरु गर्ने छौँ, सहभागीहरुको क्षमता हेरेर नै कहाँसम्मको प्रशिक्षण गर्न सक्छौँ भन्ने कुराको निर्धारण हुनेछ ।’



प्रतिक्रिया दिनुहोस्