Logo

राजलवटद्वारा भक्तपुरमा गुर्जोको विरूवा निःशुल्क वितरण (भिडिओसहित)



काठमाडौं, २ असोज । देशव्यापी रुपमा निःशुल्क गुर्जो वितरण गर्दै आएका कमलबहादुर राजलवटले आज भक्तपुरको सूर्यविनायकमा १२ सयभन्दा बढि गुर्जोको विरुवा निःशुल्क वितरण गरेका छन् । एक कार्यक्रमका बीच उनले स्थानीय जनप्रधिनिधिमार्फत गुर्जोको विरुवा वितरण गरेका हुन् ।

राजलवटले गुर्जोरगुरगुजरगिलोयरगुडुचीरअमृता नियमित सेवन गर्दा निरोगी भईने बताउँदै आफू यो देशव्यापी अभियानमा होमिएको स्पष्ट पारेका छन् । र, आगामी तीन वर्षभित्रमा नेपालबाट विदेशमा समेत गुर्जो निर्यात गरिने उनले जनाए । उनले गुर्जोको फाईदा धेरै भएकोले नेपालमा प्रत्येक घर–घरमा गुर्जोको बिरुवा राख्नुपर्ने बताए । उनले भने,‘गुर्जो प्रत्येक घरमा राख्नुपर्छ । बगैंचामा, पार्टी, पौवा, पार्क, सामूदायिक चौरहरुमा राखिनुपर्छ । यसको अत्यधिक फाईदा छ ।’

उनले यसको वैज्ञानिक नाम टिनोस्पोरा कोर्डिफोलिया रहेको पनि जानकारी दिए । उनकाअनुसार यसका मुख्य तीन वटा गुणहरु रोग प्रतिरोधात्मक क्षमता बढाउने, शारिरीक शक्ति बढाउने, शरिरका विकारहरु बाहिर निकाली स्वस्थ बनाउने रहेका छन् । उनले भने,‘गुर्जोको यही विशेषताले गर्दा अहिलेको विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरस, जस्तोसुकै रुघाखोकी, पूरानोभन्दा पूरानो ज्वरोपनि निको पार्दछ ।’

गुर्जोको गुणहरु त्रिदोष नाषक ९वात, पित्त, कफ०, एन्टिी–ब्याक्टेरियल, एन्टी–भाइरल, एन्टी–एलर्जिक, एन्टी–अक्सिडेन्टल, एन्टी–ईन्फ्लामेटरी कुलिङ्ग, एन्टी–ट्युमर र एन्टी–एसिड लगायतका धेरै रहेका छन् ।

Related News:

वाग्मती किनारमा गुर्जो रोप्ने अभियान, राजलवटले सुनाए गुर्जोको फाईदा

गुर्जोको उपयोगिता/फाईदाबारे अभियान चलाउँदै राजलवट, देशव्यापी रुपमा निःशुल्क बिरुवा वितरण (भिडिओसहित)



प्रतिक्रिया दिनुहोस्