Logo

मन्त्री सोनलद्वारा सडक शिलान्यास



वीरगंज, २ असोज । प्रदेश नं. २ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले सडक शिलान्यास गरेका छन् । शुक्रवार आज एक कार्यक्रमबीच बाराको गाउँदेखि सदरमुकाम कलैयासँग जोडने सडकको शिलान्यास गरेका हुन् ।

बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नम्बर ४ को चैनपुर चोकदेखि बुनियाद, पर्सौनी गाउँपालिका वडा नं. ६ प्रस्टोका हुँदै कलैया जोडने ८ किलोमिटर सडकको शिलान्यास गरेका हुन् । भौतिक मन्त्रालयद्वारा प्रादेशिक सडक निर्माण परियोजना अन्तर्गत उक्त सडक खण्ड निर्माण गर्न दुई करोड रकम छुट्याएको र ठेक्दार कम्पनीले १ करोड १४ लाखमा सकार गरेको सडक डिभिजन कार्यालय बाराले जनाएको छ ।

मन्त्री सोनलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा परवानीपुर गापा अध्यक्ष हरिनारायण साह, पर्सौनी गापाका अध्यक्ष भोला साह, सडक डिभिजनका कार्यालयका प्रमुख दरोगा साहलगायतको सहभागिता रहेको मन्त्री सोनलका स्वकीय सचिव रमेश सर्राफले बताए ।



प्रतिक्रिया दिनुहोस्