Logo

काठमाडौंमा एकैदिन ८५९ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  ८ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २ हजार २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ८५९  सय जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  ११ हजार  ४ सय   ५८ जनाको पिसीआर परिक्षणमा २ हजार २०  जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा  ८७१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ४३  हजार  ८ सय  २० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका ६९८  जना र ललितपुरका ७९ जना र भक्तपुरका  ८२ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  ६१ हजार  ५ सय  ९३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्