Logo

जबरजस्ती चन्दा माग्दै गर्दा पक्राउ



कास्की, २ असोज । जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका हल्लन चोकबाट जबरजस्ती चन्दा संकलन गरिरहेको अवस्थामा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका मोतीडाँडा घर भई काठमाडौं तारकेश्वरमा बस्ने रबिन केसी भन्ने ध्वजबहादुर रावत र रोल्पा घर भई काठमाडौं बस्ने रामकुमार डाँगी रहेका छन् ।

उक्त स्थानमा जबरजस्ती चन्दा असुली गरिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई चन्दा बापत लिएको नगद १ लाख रुपैयाँ, ४ थान मोबाईल, १ थान मोटरसाइकल र चन्दा उठाउन प्रयोग गरिएको १ थान नगदी रसिदसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

उनीहरुविरुद्ध चन्दा ऐन सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्