Logo

मुकेस खन्नाले जया बच्चनलाई जवाफः ‘बलिउड कसैको बाउको होइन’



एजेन्सी, २ असोज । बलिउड अभिनेत्री तथा समाजवादी पार्टीका राज्यसभा सांसद जया बच्चन ‘थाली’ कथनले निकै आलोचित भएकी छिन् । जयाले भाजपा सांसद रवि किशनको जवाफ दिदै जुन थालमा खाने त्यहि ठाउँमा प्वाल पार्ने भनेकी थिइन् । रवि किशनले लागुपद्धार्थको मुद्दा उठाएका थिए ।

जया बच्चनको उक्त कथनलाई केही ले त सर्मथन गरे भने धेरैले विरोध गरेका छन् । महाभारतमा भिष्मपिता मह अर्थात मुकेश खन्नाले ‘तपाईले उद्योगमा काम गरेको हुनाले त्यहाँका कमजोरी देख्नुहुन्न । यस्तो हुन्न । यहाँ हामीलाई कसैले खान दिएको छैन हामी आफैले कडा मेहेनत गरेका छौ । ’

टाइम्स च्यानलमा कुरा गर्दै मुकेश खन्नाले ‘उद्योग सबैको लागि हो कसैको बाउको होइन । उद्योग वर्षौ देखि चलिआएको छ । भतीजावाद र समुहवाद हावी हुँदै आएको छ । लागुऔषध कुनै सानो समस्या होइन् ।’ भने ।



प्रतिक्रिया दिनुहोस्