Logo

चिम्टाले रोग ठिक पार्ने ! तान्त्रिक बाबा



चिकित्सा विज्ञानको क्षेत्रमा प्रतिदिन केही प्रकारका शोध भईरहेका छन्, जसबाट रोगीहरुको सफलतापुर्वक उपचार भइरहेको छ । यति हुँदा पनि मानिसहरु अन्धविश्वासको कारण तान्त्रिक वा बाबाको मा गइरहेका छन् । छत्तीस गढमा एक बाबाको मा डाक्टरकोमा भन्दा धेरै मानिस उपचारको लागि पुग्ने गर्छन् ।

भगत देशलहरे नामका एक व्यक्ति चिम्टावाले बाबाको रुप धारण गरेर बसेका हुन्छन् । कुनै न कुनै समस्यासँग जुधेका मानिसहरु विश्वासको साथमा ती व्यक्तिको मा पुग्छन् र उनले चिम्टाले ठिक पारी दिन्छन् ।

त्यहाँ हरेक प्रकारका रोग लागेका मानिसहरु आउने गर्छन् । सबैभन्दा धेरै पागल भएका व्यक्तिहरु, कम्मर दुख्ने, माइग्रेन इल्यादी रोग भएका मानिसहरु आउने गर्छन् । आमाको दुध नआउने, सन्तान नभएका मानिसहरु समस्याबाट छुटकारा पाउन लागि मानिसहरु टाढा टाढाबाट आउने गर्छन् । बाबाले मानिसलाई चामल दिएर चिम्टाले हानेर ठिक गर्ने दाबी गर्छन् ।

बाबाको मा हरेक दिन ३ सय जना भन्दा धेरै मानिसहरु उपचारको लागि पुग्छन् । बिदाको दिन त्यो सख्यामा भारी बृद्धि हुने गर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्