Logo

रातमा मात्र आउने पति, बिहान एक्लै



चीनको अजिबका परपम्पराको कारण सधै चर्चा भइरहन्छ । चीनको युनानमा मुसो मानिसहरुको विवाह धेरै नै आश्चर्यको हुन्छ । यो विवाहमा पति पत्नी आ–आफ्नै घरमा रहन्छन् ।

युनानमा विवाहपछि पति हरेक रात केटीको घर जान्छन् र बिहान फेरी आफ्नै घर फर्कन्छन् । उनीहरुको यो क्रम दुवैजनाले चाहेसम्म राख्न चाहान्छन् । उनीहरुबीच सम्बन्धमा आर्थिक सम्बन्ध हुँदैन । बच्चा जन्मिएपछि बच्चाको पालन पोषण पिताले नगरी माइतीले गरिदिन्छन् ।

सात जुनिको लागि विवाह बन्धन बाधिन्छ । त्यहाँ पति र पत्नी दुवैजनाको खुशीले बस्न पाउछन् । पति पत्नीको नाता सम्बन्ध कहिल्यै सकिदैन । केटाले आफ्नो भान्जाको सबै जिम्मेवारी बोक्छन । त्यहाँ जोडीको सम्बन्धको नाता भनेको एकमात्र आधार भरोसा र माया हो । यदि दुई जनाबीचमा एकले सम्बन्ध त्याग्न चाहेमा उनीहरुलाई निर्णय गर्न स्वतन्त्र छ । त्यहाँ कहिलेकाहीं एक अर्कालाई छाड्ने गर्छन् ।

यो दुनियाँमा फरक फरक जातिका अलग अलग परम्परा चलिआएका छन् । हरेक जातका विशेष परम्परा र प्रथा छन् । कसैका परम्परा भने सबैलाई राम्रो लाग्छ भने कसैको परम्परा सुनेर हैरान पनि हुन्छौ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्