Logo

मलमास र भगवान विष्णुको सम्बन्ध



सुर्य वर्ष ३६५ दिन र ६ घन्टाको हुन्छ, जब चन्द्रमा ३५४ दिनको हुन्छ । दुई वर्षबीच करीब ११ दिनको अन्तर पर्छ । यो अन्तरमा हरेक तीन वर्षमा करीब एक महिनाको बराबर हुन्छ । यस अन्तरलाई दुर गर्न ३ वर्षमा एक चन्द्र महिना अतिरिक्त हुन्छ । यो अतिरिक्त हुनुको कारण मलमास वा अधिकमासको नाम दिइएको हो । मलमासलाई कतै पुरुषोत्तम महिना पनि भनेर चिनिन्छ ।

धार्मिक मान्यताअनुसार अधिकमासको अधिपति स्वामी भगवान बिष्णु हुन् र पुरुषोत्तम भगवान विष्णुको एकै नाम हो, यसैले अधिकमासलाई पुरुषोत्तम महिना पनि भनिएको हो । पुराणमा यो महिनासँग सम्बन्धित केही धार्मिक रोचक कथाहरु पाइन्छन् ।

यो मासमा दान, पुण्य, पुजा–पाठ वा श्रीमद्भागवत कथाको लागि पुरुषोत्तम पवित्र महिना मानिएको छ । यो मलमासमा भगवान विष्णुको भक्ति आराधानाको लागि उत्तम समय हो । भगवान विष्णुको भक्ति, उपासना र श्रीमद्भागवत कथा सुन्नाले केही गुणा राम्रा फल प्राप्ती हुन्छ ।

पौराणिक कथाः

पौराणिक कथाअनुसार मलमास हुनुको कारण यस मासमा कोही स्वामी हुन नचाहेपछि यस मासले भगवान विष्णुसँग आफ्नो उद्धारको लागि प्राथना गरे । उनको प्राथनाबाट प्रसन्न भएर विष्णुले उनलाई आफ्नो नाम पुरुषोत्तम प्रदान गरे । नामको साथमा आर्शिवाद दिदै भने, ‘जसले यस महिनामा भागवत कथा श्रवण, मनन, भगवान शंकरको पुजा, धार्मिक अनुष्ठान, दान आदी गर्छ उसलाई राम्रो फल प्राप्त हुन्छ । ’ यसैले यो महिनामा दान–पुण्य गर्दा राम्रो फल पाइन्छ । धार्मिक कथाअनुसार



प्रतिक्रिया दिनुहोस्