Logo

अमेरिकामा टिकटक र वीच्याट आइतबारबाट प्रतिबन्ध



एजेन्सी, २ असोज । अमेरिकामा टिकटक र वीच्याटमाथि प्रतिबन्ध लागेको छ । आइतबारबाट लागू हुने गरी अमेरिकी जनतालाई टिकटक र वीच्याटबाट सन्देश आदानप्रदान गर्न र भिडियो पठाउन प्रतिबन्ध लगाएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले टिकटक र वीच्याटसम्वद्ध कम्पनिहरुले अमेरिकाको राििष्ट्रय सुरक्षामा थ्रेट गरेको र तथ्यांकहरु चीन पठाउन सक्ने भएकाले प्रतिबन्ध लगाइएको जनाएको छ । तर, चीन र सम्वद्ध कम्पनि दुवैले आरोप अस्वीकार गरेका छन् ।
वीच्याट औपचारिक रुपमा आइतबारबाट बन्द हुनेछ । टीकटक भने १२ नोभेम्बरसम्म सामान्य तरिकाले चल्नेछ ।

टीकटकमा प्रतिबन्ध नहुने अवस्था आउने विकल्प नभएको होइन । त्यसका लागि ओराकल र टीकटकका मालिक बाइटडान्सबीच समझदारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुमोदन गर्नुपर्नेछ ।

 



प्रतिक्रिया दिनुहोस्