Logo

गणेशमान स्मृति दिवसमा नेविसंघ काठमाडौंद्वारा दीप प्रज्वलन (फोटोफिचर)



मुकुन्द कालिकोटे : काठमाडौं २ आश्विन । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकामा दीप प्रज्वलन गरी लौह पुरुष गणेशमान सिंहको २३औं स्मृति दिवस मनाएको छ । जनआन्दोलन ०४६ का कमाण्डर एवं सर्वमान्य नेता स्व. गणेशमान सिंहको २३ औं स्मृति दिवस शुक्रबार दीप प्रज्वलन गरी मनाएको मनाएको हो ।

वि.सं. १९७२ सालमा जन्मिएका सिंहको ०५४ साल असोज २ गते अर्थात् आजैका दिन निधन भएको थियो । लौह पुरुषका नामले समेत चिनिएका सिंहले नेपालमा प्रजातन्त्र प्राप्तिका लागि राणाकालदेखि कठोर संघर्ष गरेका थिए । सिंहको स्मृति दिवसका अबसरमा नेपाल बिद्यार्थी संघ काठमाडौं जिल्ला समितिले शान्ति बाटिकास्थित सिंहको पूर्णकदको शालिक दीप प्रज्वलन गरेको थियो ।

कार्यक्रममा सहभागीहरुले नेपालको परिवर्तनमा सिंहले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए । नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले पञ्चायत शासनलाई विस्थापन गर्न र महेन्द्रको प्रजातन्त्रमाथिको कू बिरुद्ध लड्न खेल्नुभएको भूमिकाको चर्चा गर्दै नेपाली राजनीतिमा सिंहले गरेको त्यागको बाटो सबैले लिनुपर्ने बताए ।

ढुङ्गानाले भने, राणा शासन विरुद्धको आन्दोलनदेखि २०१४ सालको सत्याग्रह, २०१५ सालको संसदीय चुनाव र सरकार अनि २०१७ सालको महेन्द्रको प्रजातन्त्रमाथिको कू सम्म स्वर्गीय सिंहको महत्वपूर्ण सहभागी रहेको थियो । ढुङ्गानाले २०४६ सालमा प्रजातन्त्र आएपछि प्राप्त भएको प्रधानमन्त्रीको पद अस्वीकार गर्नुभएका नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व सिंहले प्रजातन्त्रको पहरेदारी गर्न रुचाउनुभएको चर्चा समेत गरे ।



प्रतिक्रिया दिनुहोस्