Logo

संक्रमण केही दिनयता बढ्दो क्रममा



काठमाडौं, असोज ३ । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गरिरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्